हिउँमा फसेका बाबु-छोरा ६ दिनपछि गाउँ फर्किए


१९ पुष २०७८, सोमबार
himpat81641039928

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबु छोरा आज गाउँ फर्किका छन् । हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्लिँदै गएपछि उनीहरू गाउँ आउन सकेका थिएनन् ।

अन्दाजी ५०/५५ वर्षका लाक्पाटाँसी र उहाँका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फसेका थिए । चौँरी गोठ सार्ने क्रममा हउँपहिराले बगाएसँगै उनीहरू ओडारमा अल्झिएर बसेका थिए । उद्धारका लागि गत शनिबार र आइतबार धेरैपटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि बाबुछोरा बसेको ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन सकेको थिएन ।

हिउँ पर्न रोकिएसँगै जमिएर रहेको हिउँ पनि बिस्तारै बग्दै गएपछि आज दिउँसो उनीहरू गाउँ आउन सफल भएको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए । हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिए । समुद्र समत चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७