रोमामाथि एसी मिलानको जित


२३ पुष २०७८, शुक्रबार
AC milan Roma 4UaWGfu21w

काठमाडौं । इटालियन सिरी ए अन्तर्गतको बिहीबार राति भएको खेलमा एसी मिलानले रोमालाई ३-१ को जित हात पारेको छ ।
बिहीबार रातिको खेलको आठौं मिनेटमा ओलिभर जिरुडले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा जुनियर मेसियासले टोलीको अग्रता दोब्बर पारेका थिए ।

खेलको ४० औं मिनेटमा रोमाले एक गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेको थियो । ८१ औं मिनेटमा एसी मिलानलाई ३-१ को अवस्थामा पुर्‍याएको थियो । ७४ औं र ९३ औं मिनेटमा रोमाका दुई खेलाडी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
खेल सकिन केही समय मात्र बाँकी रहँदा एसी मिलानका जाल्टन इब्राहिमोभिकले पेनाल्टीमार्फत गोल गर्ने अवसर खेर फालेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७