ऋतिककी पूर्व पत्नी सुजैन खानलाई ओमिक्रोन संक्रमण


२७ पुष २०७८, मंगलवार
sujan 20220111055619

मुम्बइ । बलिउड नायक ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानलाई कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । खानले आफू ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको सामाजिक सञ्जालबाट जानकारी गराएकी छिन् ।

सुजैनले इन्स्टाग्राममा पोस्ट सेयर गर्दै लेखेकी छिन्, ‘कोभिड-१९ लाई विजयी प्राप्त गरेको दुई वर्षपछि यो जिद्दी ओमिक्रोन भेरियन्टले मेरो रोग प्रतिरोधात्मक क्षमतालाई नष्ट गरिदियो ।’

‘सोमबार राति मेरो टेस्ट पोजेटिभ आयो । कृपया सुरक्षित रहनुहोस् र आफ्नो ख्याल राख्नुहोस् । यो धेरै संक्रामक छ,’ उनले इन्स्टाग्राममा लेखेकी छिन् । सुजैनको यो पोस्टमा उनका साथी र फ्यानले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७