‘चपली हाइट-३’ आजबाट हलमा


३० पुष २०७८, शुक्रबार
chapali hight 31642121446

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट-३’ आजबाट प्रदर्शनमा आएको छ । कोरोना संक्रमण शुरु हुनुभन्दा अगाडि करिब दुई वर्ष पहिला नै निर्माण गरिएको चलचित्र आजबाट रिलिज भएको हो ।

कोरोना महामारी पश्चात पहिलो पटक नेपाली चलचित्रले उच्च शोज पाएको छ । बलिउड र हलिउड चलचित्र पछि सर्दा ‘चपली हाइट-३’ ले उच्च शोज पाएको हो ।

निकेश खड्का निर्देशित चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, जीवन भट्टराईलगायत कलाकारहरुको अभिनय रहेको छ । अर्जुन कुमारको लगानी रहेको चलचित्र क्राइम-थ्रिलर जानरामा निर्माण भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७