लुटेरा समूहद्धारा प्रहरीमाथि आक्रमण, प्रहरीका असई घाइते


५ माघ २०७८, बुधबार

जनकपुर : धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ । लुटेरा समूहको आक्रमणमा परी धनुषामा प्रहरीका असई घाइते भएका छन् ।

धनुषाका एसपी वसन्त रजौरेका अनुसार आक्रमणबाट असई पोखरेल घाइते छन् । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएका पोखरेलको टाउकोमा १२ वटा टाँका लागेको छ ।

गएराति महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि लुटेराहरुले आक्रमण गरेका थिए ।

घटनास्थल पुगेको असई पोखरेलसहितको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेर ल्याउने क्रममा पोखरेललाई आक्रमण भएको थियो ।

लुटपाट र आक्रमणमा संलग्‍न ५ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रजौरेले बताए । पक्राउ परेका मध्ये मुख्य आरोपी रामजीवन ठाकुरको साथबाट नाइट्रोभेट ट्याब्लेट र चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७