महालक्ष्मी विकास बैंकको पौषसम्मको खुद नाफा ४५ करोड ६२ लाख


८ माघ २०७८, शनिबार
mahalaxmi bikash bank

काठमाडौं, ७ माघ । महालक्ष्मी विकास बैंककोे चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ।

चालू आर्थिक वर्षको पौष मसान्तसम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल भएको छ। जुन गतवर्षको यही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बढी रहेको बैंकले जनाएको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४० अर्ब पुगेको छ। यस आर्थिक वर्ष बैंकले सञ्चालन आम्दानीतर्फ १ अर्ब १० करोड आम्दानी गरी बैंक अर्बको क्लबमा उक्लिएको छ।

त्यसैगरी गत आर्थिक वर्षको पौष मसान्तसम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले वृद्धि गरी खुद सञ्चालन मुनाफा ६८ करोड आर्जन गरेको छ। समीक्षा अवधिमा बैंकले उल्लेख्य रुपमा खराब कर्जा घटाई गत वर्षको ४.७९ प्रतिशतको खराब कर्जालाई २.८९ प्रतिशतमा झार्न सफल जनाएको छ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गर्न सफल बैंकले समग्र वित्तीय विवरणमा उल्लेख्य प्रगति गर्दै आगामी वर्ष पनि आकर्षक लांभाश दिनेतर्फ उन्मुख रहेको देखिन्छ।

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल रहेको बैंकले ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७