गेसो सभापति राईले गरे गोर्खालीहरुबीच एकताको आव्हान


९ माघ २०७८, आईतवार
geaso krishna kumar rai

काठमाडौं, ९ माघ । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईले सबै गोर्खा भूतपूर्व सैनिकका अधिकारका लागि आन्दोलनरत संस्थाहरुबीच एकताका लागि आव्हान गरेका छन् ।

ब्रिटिशहरुले गोर्खामाथि २०७ वर्षदेखि विभेद कायम राख्दै आएको भन्दै अध्यक्ष राईले ती सबै विभेदको अन्त्यका लागि सबै गोर्खा संस्थाहरुबीच एकताको आवश्यक रहेको औंल्याएका छन् ।

उनले भनेका छन्, ‘हिजोको तिक्ततालाई बिर्सिँदै पितृहरुको नाममा कसम खाँदै एकपटक सहकार्य, समझदारी र कार्यगत एकतामा आएर हिड्नै पर्दछ । यसको कुनै पनि विकल्प नै छैन । त्यसैले हामी जो जहाँ छौं, हिजो जान अन्जानमा भएका कमी कमजोरीलाई कसैले पनि दोहोर्याउन हुन्न भन्ने कुरामा स्पष्ट हुँदै प्रतिवद्धता जाहेर गर्दछु ।’

आइतबार एक विज्ञप्ति जारी गर्दै सभापति राईले गोर्खाहरु एक हुनका लागि विगतका कमी कमजोरी बिर्सिएर अग्रसरता देखाउनुपर्ने बताएका छन् ।

gaesso 617x768 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७