सांसद दिलेन्द्र बडुलाई कोरोना संक्रमण


१३ माघ २०७८, बिहीबार
Dilendra

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण भएको छ । उनले आफूलाई कोरोना पुष्टि भएको जानकारी बिहीबार बिहान सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

स्वास्थ्यमा सामान्य लक्षण देखिएपछि सांसद बडुले बुधबार कोरोना परीक्षण गराएका थिए । रिपोर्ट पोजिटिभ आएकाले डाक्टरको सल्लाहअनुसार अब केही दिन आइसोलेसनमा रहने उनले बताएका छन् । ‘केही दिनयता मेरो प्रत्यक्ष सम्पर्कमा रहनु भएका सम्पूणर्लाई स्वास्थ्य सावधनी अपनाउनका लागि अनुरोध गर्दछु’, उनले भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७