शेयर बजारमा हरियाली, नेप्से १०५ अंकले बढ्दा ६ अर्ब ३२ करोडको कारोबार


१६ माघ २०७८, आईतवार
share

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) शेयर बजार १०५ अंकभन्दा धेरैले बढेर हरियो भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार एक सय पाँच दशमलव ५५ अङ्कले बढेर दुई हजार आठ सय ८५ दशमलव ५३ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज दुई सय ३१ कम्पनीका एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २६ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिवश्री हाइड्रो, निफ्रा र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

दुई सय ३१ मध्ये ११ वटा कम्पनीको शेयर सामान्य घटेको छ । हिजो शनिवार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको चुनाव गर्ने निणर्य गरेको सकारात्मक खबरले शेयर बजार बढेको हुन सक्ने विश्लेषकहरूले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७