रहेनन् महाभारतका भीम, आर्थिक संकटसँग जुध्दा-जुध्दै बित्यो जीवन


२५ माघ २०७८, मंगलवार
bhim

मुम्बई । धार्मिक सिरियल महाभारतका भीमको निधन भएको छ । महाभारतमा भीमको भूमिका निभाएका प्रवीणकुमार सोबतीको ७४ वर्षको उमेरमा आज निधन भएको हो । उनी विगत केही वर्षदेखि बिरामी थिए ।

उनको निधनले मनोरञ्जन क्षेत्रमा शोकको लहर छाएको छ । गत वर्ष प्रवीणले आर्थिक संकटको सामना गरिरहेको खबर बाहिरिएको थियो । तर उनले आफूलाई पैसाको समस्या नभएको बताउँदै आएका थिए ।

प्रवीण अग्लो उचाइका कारण निकै चर्चित थिए । उनी अभिनेताका अलावा एथलेटिक्स खेलाडी पनि हुन् । उनले ह्यामर र डिस्क थ्रोमा धेरै पदक जितिसकेका छन् । बीएसएफका पूर्व डेपुटी कमाण्डेन्ट रहेका प्रवीणले एसियाली र कमनवेल्थ गेम्समा पनि भारतको प्रतिनिधित्व गरिसकेका छन् ।

उनले हङकङमा भएको एसियाली खेलकुदमा भारतका लागि स्वणर् पदक जितेका थिए । उनले सन् १९६० र ७० को दशकमा एथलेटिक्समा पनि निकै लोकप्रियता हासिल गरेका थिए ।

केही समयअघि प्रवीणकुमारले जीविकोपार्जनका लागि पेन्सन मागेका थिए । आफ्नो आर्थिक संकटको जानकारी दिँदै उनले सरकारसँग सहयोग पनि मागेका थिए । आर्थिक अभावबारे कुरा गर्दा उनले आफूलाई पैसाको समस्या नभएको बताएका थिए । उनी आफूसँग भगवानले दिएको सबै कुरा रहेको बताउँथे । ‘मसँग यति धेरै पैसा छ कि जब म संसार छोड्छु, म केही छोड्छु’, उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७