माइकल ज्याक्सनको बायोपिक फिल्म बन्दै


२५ माघ २०७८, मंगलवार
mical jackson

काठमाडौं । दिवंगत पप लिजेन्ड माइकल ज्याक्सनको बायोपिकमा काम भइरहेको छ । बोहिमियन रापसोडिका निर्माता ग्राहम किङले ज्याक्सनको बायोपिक निर्माण गरिरहेका हुन् ।

बायोपिकले पप-किङ माइकललाई एक जटिल व्यक्तिका रूपमा चित्रण गर्नेछ । यसले ज्याक्सनको सबैभन्दा प्रतिष्ठित प्रदर्शनलाई जीवन्त बनाउने प्रयत्न गर्नेछ ।

ज्याक्सनको बायोपिकमा काम गर्न पाउँदा खुशी व्यक्त गर्दै लायन्सगेट मोसन पिक्चर ग्रुपका अध्यक्ष जो ड्रेक भन्छन्, ‘यो ऐतिहासिक फिल्मको टिम भएर काम गर्ने मौका पाउँदा लायन्सगेट निकै उत्साहित छ । साथै, बोहिमियनजस्ता प्रतिष्ठित जीवन कथा सफल रूपमा बताइसकेका ग्राहमसँग काम गर्न पाउँदा रोमाञ्चित पनि छौँ । मैले ज्याक्सनको परिवारलाई सन् १९८१ मा भेटेको थिएँ । उहाँको लिगेसीलाई ठूलो पर्दामा ल्याउने मौका पाउँदा खुसी लागेको छ ।’ १५ ग्रामी, ६ ब्रिट अवार्ड, गोल्डेन ग्लोब र ३९ गिनिज वर्ल्ड रेकर्ड माइकल ज्याक्सनको नाममा छ । बलिउड हंगामाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७