दक्षिण कोरियामा सेलिब्रिटीले आत्महत्या गर्न थालेपछि साइबर हमलाविरुद्ध अभियान शुुरु


२६ माघ २०७८, बुधबार
2 korea death cyber related1644394000

सोल । दक्षिण कोरियामा हालै दुईजना चर्चित व्यक्तित्वको ज्यान गएपछि साइबरमार्फत मानसिक तनाव दिनेहरूमाथि थप कडा कारबाही गर्न आह्वान गरिएको सार्वजनिक पत्रमा हस्ताक्षर गरिएको छ ।

एक दिन बिराएर मृत्यु भएको भनिएका भलिबल खेलाडी किम इन-आइओक र युट्युबर चो जाङले आत्महत्या गरेको अनुमान गरिएको छ । उनीहरू दुवैमाथि अनलाइनमा थुप्रै घृणापूणर् टिप्पणीहरू गरिएको थियो । दक्षिण कोरियामा चर्चित व्यक्तिहरूमाथि यसरी साइबर आक्रमण हुने ठूलो समस्या देखापरेको छ । यसै कारण धेरै सेलेब्रिटीहरूले आत्महत्या गरिसकेका छन् ।

यही फेब्रुअरी ५ मा प्रभावशाली व्यक्तित्व २७ वर्षीया चो जाङ आफ्नै घरमा मृतावस्थामा भेटिएपछि उक्त सार्वजनिक याचनापत्र तयार गरिएको हो । समाचार एजेन्सी योन्हापले उनको परिवारका एक सदस्यको दाबी उद्धृत गर्दै अनलाइनमा घृणित टिप्पणीहरू गरिएपछि उनले आत्महत्या गरेको उल्लेख गरेको छ ।

अनलाइनमा बिजे जाम्मीको नामले चिनिने उनीमाथि सन् २०१९ मा उनले पोस्ट गरेको एउटा भिडियोको आधारमा पुरुषहरूलाई घृणा गर्ने गरेको आरोप लगाइएको थियो । उनीविरुद्ध गरिएका टिप्पणीहरू हेरेकी उनकी आमाले सन् २०२० मा आत्महत्या गरेकी थिइन् । त्यति बेला चोले सावजनिक रूपमा आफूलाई नखेद्न अपिल गरेकी थिइन् ।

चोविरुद्ध निराधार हल्ला फैलाउनेहरूलाई कारबाही गर्न आग्रह गरिएको याचनापत्रमा अहिलेसम्म झन्डै एक लाख ५० हजार व्यक्तिले हस्ताक्षर गरिसकेका छन् । चोको मृत्युको एक दिनअघि २८ वर्षीय दाएजियोन सामसुङ फायर ब्ल्युफाँग्सका लागि खेल्ने भलिबल खेलाडी किमको मृत्यु भएको थियो । उनले पनि आफ्नो लैंगिक स्थिति र शारीरिक स्वरूपबारे घिनलाग्दा टिप्पणीहरू नगर्न आह्वान गरेका थिए । सन् २०१९ मा पनि अभिनेत्री तथा गायिका सुल्लीले अनलाइनमार्फत निरन्तर तनाव दिइएपछि आत्महत्या गरेकी थिइन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७