मेयरसँग अधिकार माग्दै उपमेयर अनशनमा
काठमाडौं: आफूले अधिकार नपाएको भन्दै एक उपमेयर मेयरविरुद्ध अनसन बसेकी छन् । धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा मेयरसँग अधिकार माग गर्दै अनशन बसेको छ ।
नागरिकका अनुसार नगर कार्यपालिकाको कार्यालय सार्ने विषयले उत्पन्न विवादमा मेयर ज्ञानकुमार मण्डलले आफूसँग दुई तिहाइ बहुमत रहेको भन्दै उपमेयरको सहमति आवश्यक नरहेको भनिदिएपछि उनी अधिकार खोज्दै अनशन बसेकी हुन् ।
‘कार्यालय सार्ने–नसार्ने विवाद मुख्य होइन । त्यो त नियम र प्रक्रियाले मिल्नेगरी गरिने हो । मेयरले दुईतिहाइ पुगेपछि उपमेयरको सहमति आवश्यक नै नपर्ने भनिदिएपछि साँच्चिकै चित्त दुखेको छ’, नागरिक दैनिकले उपमेयर झाको भनाइ कोड गर्दै समाचार लेखेको छ ।
आइतबारै साँझदेखि अनशन बसेकी झाको स्वास्थ्य अवस्था कमजोर भएपछि सोमबार साँझ उपचारका लागि अस्पताल भर्ना गरिएको छ । नयाँ पत्रिका दैनिकले आफ्नै मेयरविरुद्ध अनशन बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थय अवस्था बिग्रेपछि अस्पताल भर्ना गरेको लेखेको छ ।याे समचार नयाँ पत्रिका दैनिकमा छ ।