भारतीय राजदूत कूटनीतिक मर्यादा विपरित ‘छापामार शैली’मा सिंहदरबार चहार्दै
काठमाडौं, ६ चैत : भारतीय राजदूत मनजीवसिंह पुरीले कुटनीतिक मर्यादा विपरित सिंहदरबारको मन्त्रालय चहार्न थालेका छन् । कार्यकर्ता र सर्वसाधरण जसरी पुरीले मन्त्रीहरुको कार्यकक्ष पुग्दै बधाई दिएका हुन् ।
राजदुत पुरीले सोमबार चारजना मन्त्रीलाई सिंहदरबार पुगेर बधाई दिएका हुन् । उनले मंगलबार पनि बाँकी मन्त्रीहरुलाई त्यसैगरी बधाई दिने कार्यक्रम रहेको स्रोतले बतायो । तर, यो कुटनीतिक मर्यादा विपरित हो । कूटनीतिक आचार संहिता २०६८ मा, मन्त्रीसहितका उच्चसरकारी अधिकारीले कुनै पनि विदेशी सरकारका प्रतिनिधिहरूसँग भेट गर्नु अघि परराष्ट्र मन्त्रालय अुनमति लिएर विषयसँग सम्बन्धित मन्त्रालयका अधिकारीलाई आमन्त्रण गर्नुपर्ने व्यवस्था छ । तर, राजदूत पुरी कुनै अनुमती नै नलिई छापामार शैलीमा सिंहदरबार पुगेका हुन् ।
राजदूत पुरी आकस्मिक रुपमा मन्त्रालय पुगेको मन्त्रीहरुले नै बताएका छन् । ‘राजदूत आउने हामीलाई पत्तो नै थिएन, आकस्मिक रुपमा आउने भनिएपछि नआउनुहोस् कसरी भनौं ?’ एक मन्त्रीले भने,‘आउछु भनेपछि हामीले स्वागत गरेको मात्रै हो ।’
फोटो फिचर :-