जीवनको सबैभन्दा ठूलो रहस्य खोल्न ब्रिटनीले गरिन् ११२ करोडको सम्झौता


१६ फाल्गुन २०७८, सोमबार
Britney Spears1646035023

काठमाडौं । चर्चित हलिउड गायिका ब्रिटनी स्पियर्स चाँडै नै आफ्नो जीवनको ठूलो रहस्य खोल्दै छिन् । ब्रिटनीको उक्त रहस्य खोल्न उनले ११२ करोड सम्झौता गरेकी छन् ।

रिर्पोटका अनुसार गायिका स्पियर्स लेखक बन्दै छिन् । उनी एउटा किताब लेख्दै छिन्, यसका लागि उनले शिमन एन्ड शुस्टर प्रकाशनसँग सम्झौता गरेकी छन् । योसँगै ११२ करोडमा कैयौं रहस्यहरु खुल्ने पक्का भएको छ । शिमन एन्ड शुस्टरले ब्रिटनीको जिन्दगीमाथि किताब लेख्ने अधिकार पाइसकेका छन् । किताबमा ब्रिटनीको जीवन, रिलेशनसिपदेखि करिअर, परिवार र विवादसम्म खुलेर कुरा गरिनेछ ।

ब्रिटनीले यो किताब आफ्नो बुबाको कन्जर्भेटरसीपबाट मुक्ति पाएको तीन महिनापछि आउने भएको हो । उनी १३ वर्षको उमेरदेखि कानुनी रुपमा बुबाको संरक्षणमा थिइन् । नवभारत टाइम्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७