डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?


१९ फाल्गुन २०७८, बिहीबार
dalar 2

काठमाडौं, १९ फागुन । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८३ पैसा र विक्रीदर १२१ रुपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ८४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६४ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४९ पैसा र बिक्रीदर १० रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७