‘शमशेर’ मा एक्सन अवतारमा देखिंदै गौरव


६ चैत्र २०७८, आईतवार
shamser ASvR37ON8d

काठमाडौं । नेपाली कथानक चलचित्र ‘शमशेर’ को पोस्टर सार्वजनिक गर्दै अभिनेता गौरव पहारी अनुबन्धित भएको जानकारी दिइएको छ ।

सार्वजनिक पोस्टरमा अभिनेता गौरवलाई मात्रै प्रस्तुत गरिएको छ । पोस्टरमा गौरव एक्सन अवतारमा देखिएका छन् । यो चलचित्रमा गौरवले ‘रागव’ पात्रको भूमिका निर्वाह गर्नेछन् ।

गौरवसँगै यो चलचित्रमा मनिष राउत पनि देखिने छन् । उनी यसअघि नै ‘शमशेर’ मा अनुबन्धित भइसकेका छन् । मनिष पनि चलचित्रको शीर्ष भूमिकामा देखिने छन् ।

एक्सन जनरामा बन्ने यो चलचित्रलाई एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण गर्न लागेका हुन् । सीबड्र्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रका लागि अभिनेत्रीको भने खोजी भइरहेको निर्माण टोलीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७