ऋचा शर्माको ‘सुनकेसरी’को ट्रेलर आयो
काठमाडौँ, ९ चैत । अभिनेत्री ऋचा शर्माले निर्माण तथा अभिनय गरेको फिल्म ‘सुनकेसरी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा कार्यक्रम गरी ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक भूतप्रेतको कथावस्तुमा आधारित फिल्म हरर थिममा बनेको बताइएको छ । सार्वजनिक गरिएको फिल्मको ट्रेलर निकै डरलाग्दो रहेको छ ।
आफू हरर फिल्मको फ्यान भएको नेपालमा विदेशी हरर फिल्म हेर्ने युवापुस्ता निकै भएकाले त्यसैलाई मध्यनजर गर्दे ‘सुनकेसरी’ बनाएको ऋचाले बताएकी छिन् ।
झन्डै दुई करोड लगानीमा निर्माण भएको फिल्ममा ऋचाका साथै रवीन्द्र झा, सन्नी ढकाल, लारेन लाफबर्गलगायत कलाकारको अभिनय छ ।
अस्ट्रेलियामा छायांकन गरिएको फिल्मको निर्देशन अर्पन थापाले गरेका हुन् ।चलचित्रमा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत रहेको छ भने रह शर्माको छायाङ्कन, इयान स्का्ट क्लेमेंटको सम्पादन रहेको छ । सुनकेसरी जेठ ११ गतेबाट अल नेपाल रिलिज हुदैँछ ।