‘शत्रुगते’ बिहानी सो हाउसफुल, आँचल शर्माले थाम्न सकिनन् आँसु


९ चैत्र २०७४, शुक्रबार
sartru gate

काठमाडौं, ९ चैत्र । मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माणमा बनेको चलचित्र ‘शत्रुगते’ आजबाट प्रदर्शनमा आएको छ । मल्टिप्लेसमा राम्रो सो पाएको चलचित्रले बिहानी सो अधिंकास हाउसफुल रहेको छ ।

sartru gate

काठमाडौँको गोपिकृष्ण, अष्टनारायण र मल्टिप्लेसका प्राय सोहरू भरिएको वितरक गोपाल कायस्थले दिए । सोलो रिलिज पाएको चलचित्रले चलचित्र बजारमा निकै राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।
चलचित्र हलमा पुगेका नायिक आँचल शर्माले भने आँसु झारिन् । भने पल भावुक बने ।

प्रदीप भट्टराईले निर्देशन गरेको फिल्ममा हरिवंश आचार्यको कथा रहेको र दिपकराज गिरीको पटकथा रहेको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७