मेगा बैंकबाट नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग


१६ बैशाख २०७९, शुक्रबार
Suppot to Police

काठमाडौँ, १६ वैशाख । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ ।

मेगा बैंक नेपाल लिमिटेडका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक शुक्रबार हस्तान्तरण गरेको हो ।

स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको हो । सुरक्षा मार्ग निर्देशनसहित पकेट नोट बुक तयार गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७