गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको पाँच काउण्टर


३ जेष्ठ २०७९, मंगलवार
bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो उद्घाटन गरेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक कारोबारका लागि राष्ट्रिय बाणिज्य वैंकले काउण्टर सञ्चालनमा ल्याएको छ ।

विमानस्थलमा सम्पूणर् बैंकिङ कारोबारका लागि राष्ट्रिय बाणिज्य बैंकले सेवा विस्तार गरेको हो । यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पूणर् बैंकिङ्ग सेवा सुविधा प्रवाह गर्न बैंकले सोमबारबाट पाँच वटा नयाँ काउण्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले विमानस्थलभित्र डिपार्चर काउण्टर, बोर्डिङ वेटिङ काउण्टर, एराइभल काउण्टर, कस्टम र कार्गो काउण्टर सञ्चालनमा ल्याइएको हो । काउण्टरबाट विदेशी मुद्राको सटही, भिसा शुल्क भुक्तानी, भन्सार शुल्क भुक्तानी, भ्याट रिफन्ड, एटिएम, पिओएस सेवा तथा अन्य बैंकिङ्ग करोबार गर्न सकिनेछ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, ब्राञ्च अपरेसन विभागकी विभागीय प्रमुख दुर्गाकुमारी कँडेल, सूचना प्रविधि विभागका बरिष्ठ प्रबन्धक गगनसिंह घिमिरे, शाखा कार्यालय भैरहवाका प्रबन्धक हरिराम पराजुलीलगायत कर्मचारीहरुको उपस्थिति थियो ।

देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९९ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७