‘आइएमई पे’ मार्फत फुडमान्डुको भुक्तानीमा १५% क्यासब्याक


२४ जेष्ठ २०७९, मंगलवार
ime pay case bank

काठमाडौं, २३ जेठ। आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ अन्तर्गत संचालित ‘आइएमई पे’ र फुडमान्डु वीच सम्झौता भएको छ । सम्झौता अनुरुप यहि जेठ २३ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको हाे ।

‘३ को कमाल, क्यासब्याकले धमाल’ नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५% क्यासब्याक पाउनेछन् । यो क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुनेछ ।

यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरे पछि सो ३ बिलको कुल रकममा १५% क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुने आइएमई पेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७