मोवाइलमा पैसा सकियो ? चिन्ता नलिनुस्, अब काटिंदैन फोन


१६ चैत्र २०७४, शुक्रबार
mobile 1
फाइल फोटो

काठमाडौं, १६ चैत : नेपाल टेलिकमले आज (शुक्रबार) देखि बिना व्याज उपभोक्तालाई ऋण दिने आयोजना लागू गरेको छ । टेलिकमले प्रिपेड ग्राहकहरूलाई बिना व्याज ऋण उपलब्ध गराउने भएको हो ।mobile 1

अब टेलिकमको प्रिपेड मोबाइल उपयोग गर्नेहरूले पैसा सकिएर फोन काटिने हैरानीबाट मुक्ति पाउने छन् । टेलिकमले फोन गर्दागर्दै काटिएमा ग्राहको खातामा स्वतः पैसा राखिदिने छ । उपभोक्ताले रिचार्ज गरेपछि सो रकम काटिने छ । सेवा शुल्क भने असुल्ने छैन् ।

शुक्रबार बिहान एक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रबिधि राज्यमन्त्री गोंकुल बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको आरम्भ गरेका हुन् । तत्कालीन व्यवस्थापिका संसदको विकास समितिले टेलिकमलाई सापटी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही अनुसार टेलिकमले माघ २२ गते नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७