म्यान्चेष्टर युनाइटेड विजयी, लुकाकुको सय गोल पूरा


१८ चैत्र २०७४, आईतवार
रोमेलु लुकाकु

 

काठमाडौं,चैत १८: इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेडले स्वान्सी सिटीलाई हराएपछि दोस्रो स्थानको यात्रा कायम राखेको छ । घरेलु मैदान वल्र्ड ट्राफर्डमा भएको खेलमा युनाइटेडले स्वान्सी सिटीलाई २–० ले हरायो ।रोमेलु लुकाकु

खेलको पाचौं मिनेटमा नै रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । २४ वर्षे लुकाकुको प्रिमियर लिगको एक सयौं गोल हो । त्यसपछि २० औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै युनाइटेडलाई पहिलो हाफ अघि नै २–० को अग्रता दिलाए । बाँकी समयमा थप गोल हुन नसक्दा युनाइटेडले २–० कै नतिजामा तीन अंक जित्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७