देशभरका हलमा आजदेखि ‘पानीफोटो’


१३ श्रावण २०७९, शुक्रबार
pani photo

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पानीफोटो’ आज (शुक्रबार) बाट प्रदर्शनमा आएको छ । चलचित्र आजदेखि देशभरका हलमा एकसाथ रिलिज भएको हो ।

तत्कालीन सरकार-माओवादी द्वन्द्वका क्रममा हराएको छोरो फर्किने आशमा १७ वर्षदेखि बसेको एक दम्पतीको कथा हो ‘पानीफोटो’ ।

खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहेको चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मल्लिका महत, प्रकाश घिमिरे तथा खगेन्द्र स्वयम मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७