नारायणगढ-मुग्लिन सडक खण्ड फेरि अवरुद्ध


२३ श्रावण २०७९, सोमबार
mugling pahiro
फाइल फोटो

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ केराबारीस्थित मौरी खोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

आज साँझ ५ बजे पहिरो खसी सडक अवरुद्ध भएको हो । पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । पहिरो पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७