शेयर बजार निरन्तर ओरालो, एक अर्बमा झर्‍यो कारोबार रकम


२५ श्रावण २०७९, बुधबार
share market गिरावट

काठमाडौं । शेयर बजार निरन्तर ओरालो लागेको छ । कारोबारको पहिलो दिन आज (आइतबार) सामान्य अंकले बढेको नेप्से पछिल्लो कारोबार दिन सोमबार, मंगलबार र बुधबार भने निरन्तर घट्दै गएको हो ।

आज नेप्से ५.९१ अंकले घटेर २०५५.८८ विन्दुमा अडिएको छ । नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबार तुलनामा घटेको छ । आज १ अर्ब ९३ करोड बराबरको शेयर कारोबार भयो । अघिल्लो कारोबार दिन मंगलबार नेप्से ४५.४२ अंकले ओरालो लागेको थियो । हजो कूल २ अर्ब ८१ करोड बराबरको सेयर कारोबार भयो । त्यसअघि सोमबार २ अर्ब ८५को शेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहमध्ये ११ को सूचक घट्यो भने दुईको मात्रै बढ्यो । बैकिंङ, ट्रेडिङ, होटल्स एन्ड टुरिजम डेभलपमेन्ट बैंक, हाइड्रोपावर,फाइनान्स, नन लाइफ इन्स्योरेन्स, अदर्श, माइक्रो फाइनान्स, लाइफ इन्स्योरेन्स र म्युचुअल फन्डको सूचक नकारात्मक देखिएको हो ।

११ समूहको सूचक घट्दा मनु एन्ड प्रो र इन्भेस्टमेन्ट समूहको क्रमश: ०.५ र ०.६९ प्रतिशतले बढ्यो । आज हिमालयन हाइड्रो पावरको सेयर ९.९७ प्रतिशतले बढ्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९.९९ प्रतिशतले घट्यो । आज २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४७ रुपैयाँमा खरिद बिक्री भयो । नागरिक लगानी कोष १० करोड बढिको शेयर कारोबार गरी शीर्ष स्थानमा रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७