रोहित सम्मिलित केडिरीको छैटौं हार


१२ भाद्र २०७९, आईतवार
medium 2022 08 27 f776f177ac

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका रक्षक रोहित चन्दसम्मिलित पर्सिक केडिरीले इन्डोनेसियन लिगा वानमा छैटौं पराजय बेहोरेको छ । लिगमा हालसम्म जितविहीन रहेको केडिरी शनिबार बाली युनाइटेडसंग ४(० ले पराजित भयो । बालीको जितमा इर्फान जाया, इलिजा स्पासोजेभिच, इभर बेसा र लेर्बी इलियन्ड्री बारुले गोल गरे ।

खेलको आठौं मिनेटमा जायाले गोल गर्दै बालीलाई अग्रता लिएका थिए । ६३औं मिनेटमा स्पासोजेभिचले बालीको अग्रता दोब्बर पारे । यस्तै, ७०औं मिनेटमा बेसाको गोलबाट तेस्रो अग्रता लिएको बालीले ८२औं मिनेटमा बारुले चौथो गोल गरे ।

खेलमा रोहितले निर्धारित ९० मिनेट नै मैदानमा बिताएका थिए । लिगा वानमा सात खेल खेलेको केडिरीको यो छैटौं हार हो । सात खेलबाट १ अंक जोडेको केडिरी तालिकाका पुछारमा छ । यता, सात खेलबाट १५ अंक जोडेको बाली तालिकाको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७