फेसबुकमा ‘विर्तामोडका मेयर उपमेयर हरायो’ भनेर लेख्ने पक्राउ


१२ भाद्र २०७९, आईतवार
Nepal Police

झापा : सामाजिक सञ्जालमा मेयर र उपमेयर हराएको भन्दै फेसबुकमा पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार विर्तामोड नगरपालिका–४ का २२ वर्षीय राजु बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतवार नियन्त्रणमा लिएको हो  । उनले विर्तामोडका मेयर तथा उपमेयर हराएको भन्दै फेसबुकमा लेखेको प्रहरीको भनाई छ ।

घरबाटै नियन्त्रणमा लिईएका बिमलीलाई आवश्यक कारबाही गर्ने भन्दै थुनामा राखिएको छ । 

शनिवार राती मेयर पबित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद सङ्रौलाको तस्वीर राखेर मेयर उपमेयर हराएको भन्दै बिमलीले फेसबुकमा सूचना पोष्ट गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७