सञ्जय मातेर श्रीदेवीको कोठामा पुगेपछि…


१७ भाद्र २०७९, शुक्रबार
sanjay dutt 7117664 m

मुम्बई । अभिनेत्री श्रीदेवी हामीमाझ छैनन्, तर उनीसँग जोडिएका धेरै किस्सा आज पनि सुनिन्छ र सुनाइन्छ । श्रीदेवीको अभिनेता सञ्जय दत्तसँग जोडिएको एक किस्सा रोचक छ । सञ्जय श्रीदेवीको ठूलो फ्यान हुन् । तर एक घटनाले श्रीदेवीले सञ्जयसँग जिन्दगीभर सहकार्य नगर्ने घोषणा नै गरेकी थिइन् ।

यो घटना फिल्म ‘हिम्मतवाला’ को सुटिङसँग सम्बन्धित हो । फिल्मको सुटिङ मुम्बईमा भइरहेको थियो । यो कुरा थाहा पाएका सञ्जय श्रीदेवीलाई भेट्न मुम्बई पुगे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सञ्जय मातेर श्रीदेवीलाई भेट्न पुगेका थिए । तर, त्यहाँ सेटमा श्रीदेवीलाई उनले भेटेनन् । युनिटका एक सदस्यले श्रीदेवी आफ्नो कोठामा रहेको जानकारी दिए । यो कुरा सुनेका सञ्जय कोठामा पुगे । मातेर पुगेका सञ्जयलाई देखेपछि श्रीदेवी डराएर चिच्याउन थालिन् ।

city

यो घटनाको चर्चा निकै भएको थियो । यो समय सञ्जय सफलता पाउनका लागि संघर्षरत थिए । सञ्जय लोकप्रिय भएपछि उनले फिल्म ‘गुमराह’ मा श्रीदेवीका साथ काम गरेका थिए । तर यो फिल्मको सुटिङ भइरहँदा उनीहरु बोलेनन् ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७