केन्यामाथि नेपालको सानदार जित


१७ भाद्र २०७९, शुक्रबार
Asaif Sekha vs kenya

काठमाडौँ : आसिफ शेखको सतकसँगै नेपालले केन्याविरुद्ध पहिलो ‘वान डे’ मा ७ विकेटको सानदार जित हासिल गरेको छ ।

नैरोबीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २१८ रन बनाएको थियो । २१९ रनको लक्ष्य नेपालले ४७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा आसिफ शेखले ११० रनको शतकीय पारी खेले । १२० बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे ।

अर्जुनले ६१ रन बनाए । त्यसपछि आसिफले ज्ञानेन्द्र मल्लसँग दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । ज्ञानेन्द्रले २४ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १५ र कप्तानको जिम्मेवारीमा रहेका रोहितकुमार पौडेल ३ रनमा अविजित रहे ।

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४९ ओभरको पहिलो बल अलआउट हुँदै २ सय १८ रन मात्रै बनाउन सक्यो । नेपालका लागि सोमपाल कामी र करन केसीले ३/३ विकेट लिएका थिए ।

त्यसैगरी पवन सर्राफ र मोहम्मद आदिल अलामले १/१ विकेट लिए । केन्याका २ खेलाडी रन आउट भएका थिए । केन्याका लागि रकेप पटेलले ६७ रन बनाए । उनलाई आदिलले आउट गरेका थिए ।

नेपालले दोस्रो खेल शनिबार खेल्नेछ । नेपालले यसअघि सकिएको पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खला ३-२ ले जितेको थियो । जितसँगै नेपालले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७