पल शाह जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा जाने


२१ भाद्र २०७९, मंगलवार
Pal Sha

काठमाडौं : जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध पल शाहले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्। नवलपुर जिल्ला अदालतले पल शाहलाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा साढे २ वर्ष कैद सजाय गरेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।

जिल्ला अदालतले जबर्जस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा अढाई वर्ष कैदको फैसला गरेपछि उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका हुन्।

२०७८ गत ११ फागुनमा नाबालिगमाथि पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो। त्यस्तै, यही आरोपसहित शाहविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो। शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७