पेट्रोलियम व्यवसायीको हड्ताल फिर्ता, सरकारले गर्‍यो ढुवानी भाडा बढाउनेसहितका तीन सहमति


२९ भाद्र २०७९, बुधबार
oil
फाइल फोटो

काठमाडौं । भाडादर वृद्धि गर्ने सहमति भएपछि पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले आन्दोलन फिर्ता लिएको छ । आज दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपछि महासंघले आन्दोलन फिर्ता लिएको हो । दशैंको मुखमा व्यवसायीहरुले आफ्नो माग पूरा गर्न दवाव दिँदै आन्दोलन थालेकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।

सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सुचारु गर्ने निणर्य भएको छ । सहमतिपत्रमा पूर्ति तथा वितरण विभागका निर्देशक वीरन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराको हस्ताक्षर छ । तीन बुँदे सहमतिअनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धि तथा समायोजन गर्न माग गरेकामा यसबारेमा असोज ७ गतेसम्ममा निर्णय गरी लागू गर्ने सहमति भएको छ ।

व्यवसायीले ढुवानी भाडादर वृद्धिको माग गर्दै २४ भदौबाट हड्ताल सुरु गरेका थिए । उनीहरूले बुधबारबाट आन्तरिक ढुवानी बन्द गरी १ असोजबाट देशभर इन्धन आपूर्ति ठप्प पार्ने घोषणा गरेका थिए । मन्त्रालयमा दुई पक्षबीच आज भएको छलफलमा ७ साउनसम्ममा सञ्चालक समितिबाट निणर्य गराई ढुवानी भाडा वृद्धि गर्ने सहमति भएको छ । व्यवसायीले हड्ताल फिर्ता लिएपछि बिहीबारबाट देशभर तेल लोड-अनलोड सहज हुने भएको छ ।

आयल निगमको सञ्चलक समिति बैठकमा वार्षिक ४४ करोड रुपैयाँ व्ययभार थपिने गरी भाडादर वृद्धि गर्ने प्रस्ताव करिब एक वर्षदेखि विचाराधीन छ । १० अर्ब रुपैयाँ ऋण र २३ अर्ब रुपैयाँ बक्यौता बोकेर बसेको निगमलाई थप आर्थिक भार दिन नहुने भन्दै सञ्चालक समितिका बहुमत सदस्यले ढुवानी भाडादर वृद्धि गर्न असहमति राख्दै आएका छन् ।

sahamati

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७