काठमाडौं उपत्यकामा एकै दिन ३,५३२ सवारी चालकमाथि कारवाही


५ आश्विन २०७९, बुधबार
traffic
फाइल फोटो

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामआ एकै दिन ३,५३२ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा मंगलबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९ जना, लेन अनुशासन पालना नगर्ने ६९, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १७९ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् । यस्तै ३ हजार १५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७