बलिउड ‘कमेडियन’ राजु श्रीवास्तवको निधन


५ आश्विन २०७९, बुधबार
raju

मुम्बइ । भारतीय हाँस्य (कमेडियन) कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण दिल्लीको ‘अल इण्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स’ मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई व्यायामका क्रममा हृदयघात भएको थियो । ‘उहाँ ट्रेडमिलमा आफ्नो दैनिक व्यायाम गर्दै हुनुहुन्थ्यो । त्यही क्रममा लड्नु भयो । उति नै बेला हृदयघात भयो अनि तुरुन्तै अस्पताल ल्यायौं,’ श्रीवास्तवका एक आफन्तले भारतीय समाचार संस्था पीटीआईसँग भनेका छन् ।

स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए । सन् २००५ को कमेडी सो ’द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’को पहिलो सिजनबाटै उनले ख्याति कमाए । त्यस्तै उनी ‘बिग बोस’ को तेस्रो संस्करणमा समेत सहभागी भएका थिए ।

उनले ‘मैने प्यार किया’, ‘बाजिगर’, ‘आम्दानी अठन्नी खर्च रुपैयाँ’ र ‘बम्बई टू गोवा’ को रिमेकमा समेत अभिनय गरेका छन् । उनी उत्तर प्रदेश फिल्म डेभलेभमेन्ट काउन्सिलका अध्यक्ष समेत भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७