काठमाडौंमा नेपाल र भारत सरकारका सहसचिवस्तरीय बैठक शुरु


५ आश्विन २०७९, बुधबार
nepal india2022 09 21 11 59 58

काठमाडौं । नेपाल र भारत सरकारका सहसचिवस्तरीय बैठक शुरु भएको छ । आज (बुधबार) बाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरूको दुई दिने बैठक शुरु भएको हो ।

बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेजअगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल-भारत सीमा, टनकपुर-महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी-दोधारा क्षेत्रमा सिँचाइको पानी छोड्नेबारे, सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सहडाइभर्सन योजनाबारे छलफल हुनेछ ।

त्यस्तै, कोशी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोशी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूबारे छलफल हुनेछ । नेपालबाट भारत बहने अन्य नदीहरूको डुबान र कटानका समस्याहरू, खाँडो, वाँणगंगा र पश्चिम राप्ती नदीहरूमा नयाँ उठाइएका कामहरूको स्थितिबारे पनि छलफल हुने बताइएको छ । नेपालबाट भारततर्फको उडान, महाली सागरका कारण भएका समस्या, भुजेला गाउँको महाकाली नदीमा कटान र नेपाल-भारत सीमा क्षेत्रका मुद्दाहरूबारे छलफल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७