प्रचण्डको ठाउँमा डा. भोजराज अधिकारी गठबन्धनको उम्मेद्वार


२२ आश्विन २०७९, शनिबार
bhojraj adhikari

काठमाडौं । चितवन क्षेत्र ३ बाट डा. भोजराज अधिकारी माओवादी केन्द्रबाट चुनावमा उठ्ने भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन छाडेर गोरखा २ बाट उम्मेदवार बन्ने भएपछि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी उक्त निर्वाचन क्षेत्रबाट लड्ने भएका हुन् ।

यस विषयमा उनीसँग बुझ्दा पार्टीले तयारी गर्नुस् भने पनि आधिकारिक निर्णय नआएको बताएका छन् । चितवन ३ (ख) बाट भने ठाकुरप्रसाद ढकाल उठ्ने बताइएको छ । प्रचण्डले यसअघि सक्रिय राजनीति नगरेका तर सामाजिक छवि भएकाहरुलाई पार्टीले स्थान दिने बताएका थिए ।

सोही अनुसार डा. अधिकारीलाई उम्मेदवार दिएको हुन सक्छ । प्रदेश उम्मेदवार ढकाल भने यस अघि माडी नगरपालिकाका मेयर भइसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७