हाम्रो नेपाली पार्टीसहित तीन वटा निर्वाचन चिन्ह हेरफेर


२९ आश्विन २०७९, शनिबार
Nirbachan scaled

काठमाडौं । निर्वाचन आयोगले विभिन्न उम्मेदवारलाई वितरण गरेको चुनाव चिन्हमध्ये तीन वटामा सामान्य हेरफेर गरेको छ ।
आयोगले शनिवार विज्ञप्ती जारी गर्दै ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिन्हमध्ये तीन वटा निर्वाचन चिन्हमा सामान्य हेरफेर गरिएको जनाएको हो ।

आयोगको २७ असोजको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, ०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिन्हको अनुसूचीमा हेरफेर गरिएको हो । निर्वाचन आयोगको अभिलेखमा रहेको निर्वाचन चिन्हको नाम र चिन्हमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको हो ।

उक्त निर्णय बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, ०७९ को अनुसूची २९ को क्रम संख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिन्ह लौरो र अनुसूची– ३० को खण्ड (क) मा रहेका स्वतन्त्र उम्मेदवारको लागि निर्धारित निर्वाचन चिन्हअन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचन चिन्हमा हेरफेर गरिएको छ । हेरफेर गरिएका निर्वाचन चिन्हसहितको विवरण आयोगको वेभ साइटमा राखिएकोे आयोगका प्रवक्ता कमल भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

chunab chinna 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७