टी-२० विश्वकप क्रिकेट आज : नामिबिया र श्रीलङ्काबीच उदघाटन खेल


३० आश्विन २०७९, आईतवार
icc

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट आज (आइतबार) देखि शुरु हुँदैछ । अस्ट्रेलियाको भिक्टोरियामा आज हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार बिहान पौने १० बजे शुरु हुनेछ ।

नामिबिया दोस्रो पटक विश्वकप खेल्दैछ । श्रीलङ्का पूर्व च्याम्पियन र अहिलेसम्मका विश्वकपमा सहभागी टोली हो । आज हुने दोस्रो खेलमा दिउँसो पौने २ बजे यूएई र नेदरल्याण्ड खेल्दै छन् । यूएई दोस्रो पटक र नेदरल्याण्ड पाँचौँ पटक विश्व कप खेल्न लागेको हो ।

यो विश्वकपमा आयोजक अस्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्गलादेश गरी १६ टोली सहभागी छन् । विश्वकपको फाइनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७