वेब सिरिज ‘लभ नम्बर २२’ सार्वजनिक


३० आश्विन २०७९, आईतवार
Love no 22.jpg

काठमाडौं । एसियन म्युजिकले ओटीटी प्लेटफर्म फोपीसँग सहकार्य गर्दै निर्माण गरेको नयाँ सिरिज ‘लभ नम्बर २२’ रिलिज भएको छ । सिरिजले नयाँ पुस्ताको प्रेमकथा बोल्ने छ ।

सरिन पोखरेलको कथा र निर्देशनमा तयार भएको सिरिजमा अमृत ढुंगाना, रक्षा थापा, अमितेश शाह, अस्मिता खनाल, रिवाज लामा, सेजल गौतम, नारायण प्रधान, स्वर्णिमा खतिवडालगायतको अभिनय छ ।

ईश्वर गुरुङ र इभान गुरुङले निर्माण गरेको सिरिजमा संकल्प भुजेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र वसन्त अधिकारीको सहायक निर्देशन छ । सिरिजमा खगेन्द्र श्रेष्ठ र दीपेन्द्र तामाङ सहनिर्माता छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७