कति छ आज सुनचाँदीको भाउ ?


६ कार्तिक २०७९, आईतवार
Gold 2

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । साताको पहिलो कारोबार दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ हजार २१५ रुपैयाँ कारोबार भइरहेको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७