राजेन्द्र खड्गीको ‘कमब्याक’ चलचित्र ‘नम्बरी सुन’ मा आमेष नायक अनुबन्ध


१७ कार्तिक २०७९, बिहीबार
Aamesh Bhandari.jpg

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘नम्बरी सुन’ मा अभिनेता आमेष भण्डारी अनुबन्धित भएका छन् । बिहीबार निर्माण टिम र आमेषबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।

निर्देशक गिरीका अनुसार फिल्मले ७ दशकअघिको ऐतिहासिक कथालाई प्रस्तुत गर्नेछ । ७ मंसिरबाट फ्लोरमा जाने फिल्मबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी कमब्याक गर्दैछन् ।

लमजुङको भुजुङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा छायांकन हुने फिल्मका लागि अन्य कलाकारको छनोट क्रम जारी छ । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी र शान्तिश्री परियार, प्रमोद खरेललगायत गायक र गायिकाको स्वर रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७