प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दरपीठ गर्नुको सर्वोच्चले खोज्यो कारण


२८ कार्तिक २०७९, सोमबार
prachanda 9
फाइल फोटो

काठमाडौं । सर्वाेच्च अदालतले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण मागेको छ ।

सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण सर्वाेच्च अदालत प्रशासनसँग मागेको हो । कल्याण बुढाथोकी, ज्ञानेन्द्रराज आरणसमेतले दिएको निवेदनमाथि सुनवाई गर्दै सर्वाेच्चले उक्त रिट दरपीठ गर्नुको कारण आफ्नै प्रशासनसँग मागेको हो ।

१ माघ २०७६ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले माओवादी द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई आधार मानेर बुढाथोकी र आरणसहितले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

तर, २४ कात्तिमा सर्वाेच्चले उक्त निवेदन दरपीठ गरेको थियो । निवेदन नै दरपीठ भएपछि उनीहरुले पुनः दरपीठको कारण माग गर्दै अर्काे निवेदन दिएका थिए । सोही निवेदनउपर सोमबार सुनुवाइ गर्दै सर्वाेच्चले कारण मागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७