रुपन्देही–२ मा ११ बजेदेखि मतगणना हुँदै


५ मंसिर २०७९, सोमबार
Jhapa Mathpetika 15

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ को मतगणना बिहान ११ बजेबाट शुरु हुने भएको छ । यसअघि माओवादीका प्रतिनिधिले विवाद सुरु गरेपछि रातिदेखि शुरु गर्ने भनिएको मतगणना रोकिएको थियो । सोमबार बिहान ११ बजेदेखि मतगणना शुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी रुपन्देही क्षेत्र नम्बर १ मा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । क्षेत्र नम्बर ५ मा मतगणना गर्नका लागि सर्वदलीय बैठक बसिरहेको छ । बैठकले मत गणनाबारे निर्णय गर्नेछ । रुपन्देही ३ र ४ मा ९ बजेबाट मतगणना शुरु गर्ने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७