रुपन्देही–२ मा विष्णु पौडेल ६५ मतले मात्रै पछाडि


६ मंसिर २०७९, मंगलवार
bishnu paudel ganesh paudel

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल ६५ मतले मात्र पछि परेका छन् । करिब पाँच सय मतले पछाडि परेका पौडेलले मतान्तर घटाउँदै ६५ मा झारेका हुन् ।

पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले चार हजार एक सय ३४ मत ल्याउँदा एमाले उपाध्यक्ष समेत रहेका पौडेलले चार हजार ६९ मत ल्याएका छन् । यहाँ अहिलेसम्म १२ हजार तीन सय मत मात्र गणना भएको छ । रुपन्देही २ मा ८१ हजार दुई सय दुई मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७