पूर्व सहकर्मीलाई पराजित गर्दै एमालेका ठाकुर गैरेको प्रतिनिधिसभामा ‘डेब्यू’


९ मंसिर २०७९, शुक्रबार
Thakur Gaire

पाल्पा । प्रतिनिधिसभा सदस्यतर्फ पाल्पा क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) का उम्मेदवार ठाकुर गैरे निर्वाचित भएका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनी ‘डेब्यु’ प्रतिस्पर्धामै सफल भए ।

गैरेले निवर्तमान सांसद समेत रहेका नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेलाई पराजित गरेका हुन् । उनीहरूको जीत–हारको अन्तिम मतपरिणाम भने घोषणा हुन बाँकी छ । अब केहीबेरमा घोषणा हुने जनाइएको छ ।
०५१ सालदेखि सोही क्षेत्रबाट निरन्तर उम्मेदवार बनेका पाण्डेको यो दोस्रो पराजय हो । निर्वाचित गैरे र पराजित पाण्डे पूर्व सहकर्मी पनि हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७