नेदरल्याण्ड्सलाई इक्वेडरले १-१ बराबरीमा राेक्यो, आयोजक कतार विश्वकपबाट बाहिरियाे


९ मंसिर २०७९, शुक्रबार
eqadar ARnIY2eGBf

काठमाडौँ । इक्वेडर र नेदरल्याण्ड्सको बराबरीसँगै आयोजक कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।
आयोजक कतार विश्वकपको समुह चरणबाटै बाहिरिने पहिलो टोली बनेको हो।

विश्वकप आयोजक राष्ट्र कतार समुह चरणबाटै बाहिरने पहिलो टोली बनेको छ। यो अघि २०१० मा दक्षिण अफ्रिकाबाहेक विश्वकप आयोजक राष्ट्रले नकआउट चरण पार गरेका छन्।

घरेलु लिग खेलिरहेका खेलाडी समेटेर कतारले विश्वकपको तयारी सुरु गरेको थियो। इक्वेडरसँग २–० ले पराजित हुँदै कतारले विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक पराजित भएको पहिलो रेकर्ड बन्यो। यसअघि २१ विश्वकपका सबै उद्घाटन खेलमा आयोजकले जित दर्ता गरेका थिए।


सेनेगलविरुद्ध गोल गरेका मोहम्मदले विश्वकपमा कतारबाट पहिलो गोलकर्ताको नाम लेखाए। पहिलो पटक विश्वकप खेलिरहेको कतारका लागि खेलको ७८ औँ मिनेटमा मोहम्मद मुन्तारीले उत्कृष्ट हेडर प्रहार गरेका थिए। जुसलाई चेल्सीबाट व्यवसायीक फुटबल खेल्ने गोलरक्षक उडउर्ड मेन्डीले बचाउने कुनै मौका पाएनन्। कतारले समुह चरणको अन्तिम खेलमा नेदरल्याण्डस्सँग खेल्नेछ।
समुह चरणका दुई खेलमा लगातार हार व्यहोरेसँगै कतार एक खेल अगावै अन्तिम १६ को दौडबाट बाहिरिने टोली हो। कतारले विश्वकपको समुह चरण पार गर्न नसकेपनि फुटबलका बलिया टोलीसँगको अनुभव आगामी दिनमा प्रयोगमा आउनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७