बाजुराको मतगणना अनिश्चित : सर्वदलीय वैठक निष्कर्षविहीन, फेरि ११ बजे बस्ने


१५ मंसिर २०७९, बिहीबार
bajuraa 30112022032632
फाइल फोटो

बाजुरा । बाजुरा जिल्लामा हुने भनिएको मतगणना अझै अनिश्चित बनेको छ । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाका विषयमा सहमति जुट्न नसक्दा मतगणना अन्योलमा परेको हो ।

निर्वाचन आयोगले रोकिएको मतगणना चालु गर्न बुधबार निर्देशन दिएको थियो । तर नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा अझै शुरु हुन सकेको छैन । आयोगको निर्णयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार सर्वदलीय बैठक बलाएको थियो । बैठकमा नेकपा एमाले बाजुराले बिमति जनाएपछि पहिलो बैठक निष्कर्षविहीन बन्यो ।

आज बिहीबार बिहान ७ बजे पनि सर्वदलीय बैठक बोलाएको तर सबै दलको उपस्थिति नभएपछि पुनः ११ बजेका लागि वैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिएका छन् । नेकपा एमाले बाजुराले कांग्रेस कार्यकर्ताको कुटपिटबाट ज्यान गुमाएका विद्यार्थी चेतन अयडीका हत्यारालाई पक्राउ गर्नुपर्ने र अयडीको न्यायको लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई विना शर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने अडान लिंदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७