खाल्डोमा पुरिएको अवस्थामा महिलाको शव फेला


२५ मंसिर २०७९, आईतवार
death woman
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोबर गाउँपालिका–३ ज्यामिरेमा खाल्डोमा पुरिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । शव एकहप्ताअघि हराएको भनिएकी सोही स्थानकी ३६ वर्षीय सरस्वती वाइबाको रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार वाइबाका श्रीमान् वीरबहादुरले श्रीमती हराएको भनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खोजी गरिदिन भन्दै फोटोसहित निवेदन दिएका थिए । वीरबहादुर वाइबाले आफैँले खोज्ने क्रममा हिजो शनिबार साँझ श्रीमतीको शव खाल्डोमा पुरिएको अवस्थामा भेटिएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।

शव स्थानीय ठुलोकान्छा वाइबाको घरभन्दा ५० मिटर पर बारीमा अनुहार र कपडाको केही भाग मात्र देखिने गरी खाल्डोमा पुरिएको अवस्थामा भेटेपछि श्रीमान् वीरबहादुरले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी सिस्नेरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले घटनाको बारेमा जानकारी लिएर मुचुल्का तयार पारी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका एसपी वामदेव गौतमले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७