दक्षिण कोरियामा एकै दिन ८४ हजार बढीमा कोरोना संक्रमण


२८ मंसिर २०७९, बुधबार
south korea

सोल । दक्षिण कोरियामा एकै दिनमा ८४ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । गएरातिको तथ्याङ्कमा यतिधेरै सङ्क्रमित भेटिएको देखिएको छ । यो समेत गरी यहाँ दुई करोड ७९ लाख भन्दा बढी सङ्क्रमित पाइएका यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

यहाँ केही दिनयतादेखि दैनिक कम्तीमा पनि ८० हजार जना सङ्क्रमित पाइएका पनि अधिकारीले जनाएका छन् । तर यो अघिल्लो दिनको ८६ हजार आठ सय ५२ जना सङ्क्रमितको तुलनामा भने केही कम हो । यहाँ अघिल्लो हप्ता भने ७४ हजार भन्दा धेरै सङ्क्रमित पाइने गरेको थियो । त्यसका तुलनामा यहाँका सङ्क्रमितमा कमी आएको हो ।

दक्षिण कोरियामा यो जाडो मौसममा पनि कोरोना भाइरसका सङ्क्रमितहरुमा उल्लेख्य मात्रामा कमी आाउन सकेको छैन । यहाँ अघिल्लो हप्ताभरि औसतमा ६३ हजार जना दैनिक संक्रमित देखिने गरेको थियो । पछिल्लो दिन यहाँ ४६ जनाको यो सङ्क्रमणबाट ज्यान गएको छ । यो समेत गरी यहाँ ३१ हजार जनाभन्दा बढीको कोभिडबाट ज्यान गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७